बैशाख ११ बिहीबार
रबिन्द्र बराल

तीन सातादेखि काठमाण्डाे गएर शिक्षकहरुले आन्दोलन गरिरहेका छन । देशै भरिका सामुदायिक बिधालय बन्द भए पछि अहिले रंगेली ,सुनवर्सि,रतुवामाई,धनपालथान, कानेपाेखरी लगायतका देशै भरिका सामुदायिक बिधालयका बिधार्थिहरु गाउँ घरमा रहेको खाेला नाला मा गएर नुहाउने र दिनभर खेलिरहेकाे देखिन्छ ।

सामुदायिक बिधालयका अधिकान्स शिक्षकहरुले आफ्नो छाेरा छाेरीहरुलाई निजि बिधालयमा पठनपाठन गराईरहेका स्थानीयले बताए । सामुदायिक बिधालयमा गरिव तथा अति बिपन्न परिवरका बालबालिका हरुमात्रै पठनपाठन गर्ने गरेका छन । सामुदायिक बिधालयहरु बन्द रहदा अभिभावकहरु आफ्नो छाेरा छाेरीहरुकाे पठनपाठन बन्द हुदाँ निकै चिन्तित हुन थालेका छन ।
कक्षा १० को परीक्षा सकिएलगत्तै राजधानीमा भेला भएर शिक्षकहरुले आन्दोलन गरिरहेका छन । अहिले देशैभरीका करिब साढे पाँच लाख विद्यार्थीको भविष्यको बिषयमा सरकार पक्षले कुनै सुनवाइ गरेकाे छैन । शिक्षकहरुले विद्यालय शिक्षा ऐन नबनेसम्म आफूहरू विद्यालय नफर्कने अडानमा रहेका शिक्षकहरू आन्दोलीत भएका छन । नयाँ शैक्षिक सत्र सुरु गरेर घरदैलो अभियान , बिधालयमा भर्ने र बालबालिका हरुलाई पाठ्यपुस्तक समेत अहिलेसम्म बितरण हुन सकेको छैन । शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि संसद्बारा टुङ्गो लाग्न सकेको छैन।