बैशाख १२ शुक्रबार
रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन सुरु गरेकाे छ । रंगेली ९ स्थित बडा कार्यलयकाे स्वास्थ्य शाखा बाट ओैपचारीक रुपमा शिविर सन्चालन गरेकाे हाे ।उक्त शिविरमा फर्सडागी, दाेहमना, बनकाेल, मैनावारी ,युवाचाेक लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति समेत रहेको थियो ।

नगरले उपचारबाट बन्चित भएका विपन्न घर परिवारका महिलाहरुले आफ्नो रोग लुकाउने र अन्तिम समयमा मात्रै रोगको पहिचान हुने र महिलाहरुको आकालमै ज्यान जाने भएको हुदा रंगेलीले महिलाहरुका लागि पाठेघर सम्बन्धि शिविरको बिगत बर्षदेखि संचालनमा ल्याएकाे छ ।

नगरले ९ बटै वडा बासिहरुका लागि शिविर सुरु गरेकाे स्वास्थ्य शाख प्रमुख भुपेन्द्र मंण्डलले बताए ।शिविरबाट पाठेघरका बिरामीहरु फेलापरेमा नगरले बिरामीहरुलाई रंगेली अस्पतालमा निःशुल्क उपचार समेत गरिने भएको छ । शिविरमा भिडियो एक्सरे, भियाई चेकजाँचगर्नुका साथै ३० प्रकारको निःशुल्क ओैषधी समेत बितरण गरिएको थियो। शिविरमा रंगेली अस्पतालका डाक्टर हरुले चेक जाँच गरेका थिए ।