बैशाख १५ साेमबार
रबिन्द्र बराल

मोरङ रंगीली ८ दर्वेशामा रहेको बिनोद पासवानको र अमोद पासवानको घरमा गएराती ११ :३० मा आगलागी हुदा २ घर जलेर नष्ट भएको छ ।

टिनको छानोमा बाँसको टाटिबेरा भएको भुई तल्ले २ वटा घरमा बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ । आगाे नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरीकाे दमकल र स्थानिय बासिको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खाद्यान्न ,लत्ताकपडा ,नगद, खसी, बाख्रा लगायत गरि ६ लाख रुपैयाँ बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्ताेष कुमार खड्काले बताए ।