बैशाख १८
रबिन्द्र बराल

मोरङकाे रंगीली ८ दर्वेशामा रहेको बिनोद पासवानको र अमोद पासवानको घरमा भएको आगलागीबाट खाद्यान्न तथा लत्ताकपडा सहित जलेर नष्ट भए पछि दुई परिवारलाई रंगेली स्थित सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ ।


टिनको छानोमा बाँसको टाटिबेरा भएको भुई तल्ले २ वटा घरमा बिधुत सर्ट भई आगलागि भए पछि अहिले उनिहरु अर्काकाे घरमा सहारा लिएर बस्न बाध्य रहेका छन। उनिहरुकाे खाद्यान्न सबै जलेर नष्ट भए पछि सद्भाव बचतले सामाजिक कार्यलाई निरन्तरता दिदै चामल ,दाल ,तेल,नुन समेत पिडित परिवारलाई बितरण गरेका छन । आगलागीबाट खाद्यान्न ,लत्ताकपडा ,नगद, खसी, बाख्रा लगायत गरि दुई परिवारकाे ६ लाख रुपैयाँ बराबरको क्षेती भएको थियोे ।