रबिन्द्र बराल

मोरङको रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलाहरूलाई लक्षित गर्दै पहिलोपटक ३ महिने मन्टेश्वरी कक्षाकाे तालिम सन्चालन गरेको छ।


तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरुलाई सहभागी भएका छन्। नगरले सन्थाल समुदायका छाेरीहरुले राम्रो शिक्षा प्राप्त गरेता पनि उनिहरु घरमै बसेर आफ्नो दिन बिताउदै गर्ने गरेकाे हुनाले साेहि समुदाय लाई लक्ष्य गरेर तालिम सन्चालन गरेकाे हाे। अनुगमनका क्रममा मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडा अध्यक्ष भरत प्रसाईं , रामचन्द्र मंण्डल लगायतले तालिमका सहभागी रहेका हरुलाई रहेक बिषयमा जानकारी लिएका थिए ।
यस तालिमले सन्थाल समुदायका महिलाहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई शिक्षाको क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ। उक्त तालिम महिनासम्म सन्चालन हुने र चैत्र २५ गतेदेखि सुरु भएर असार १५ गते सम्पन्न हुने भएको हाे । तालिम श्री रत्न माध्यमिक विद्यालयमा भईरहेकाे छ । साे तालिमकाे आयोजना समाजिक विकास मन्त्रालय कोशी प्रदेश द्वारा गरिएको हाे ।
मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ्ग सेन्टरका भावना खवार ले तालिम दिलाईरहेकिछन । रंगेली नगरपालिका मेयर दिलिप वगडियाका अनुसार उक्त तालिम पछि नगर भित्रका सामुदायिक बिधालयमा समेत मन्टेश्वरीकक्षा सन्चालन हुनेर तालिम पछि उनिहरुलाई राेजगारी दिलाउन आफुले पुर्णरुपमा सहयोग गर्ने समेत बताए । तालिममा सन्थाल समुदायका छाेरीहरुले समेत sLc देखि ब्यचुलर सम्मकाे अध्यन गरेकाे सहभागी हरु देखेपछि आफू निकै खुशि भएको र तालिम पछि सहयोग समेत गर्ने प्रतिव्यध्यता जनाएका छन ।