रबिन्द्र बराल
जेष्ट १

माेरङकाे रंगेली, सुनवर्सि , रतुवामाई, धनपालथान ,लगायतका दक्षिणी भेगमा बसाेबास गर्ने कृषक हरु अहिले मकै बाली भित्र्याउन ब्यस्त हुन थालेका छन । अन्यवालीकाे तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि माेरङका कृषकहरु मकैखेती तर्फ आकर्सितहुन थालेका हुन । बलाैटे माटाेमा समेत उत्पादन हुन थालेपछि मकैकाे समयमा बाँझो खेत समेत हरिया र भरिभराउ देखिन थालेका छन ।

फाल्गुन महिनामा राेपेर जेठ महिनामा मकै टिपने गरिन्छ । अरु बाली भन्दा मकैखेतीमा धेरै खर्च र मेहनत गर्नुपर्ने भएता पनि राम्रो आम्दानीको श्राेत समेत भएको स्थानीय कृषक बैजनाथ मंण्डलले बताए । स्थानीय सरकारले हाम्रो पिर मार्का कहिले बुझेनन् कृषकका लागि नत कुनै अनुदानै छ तन आवस्यता अनुसार रासायनिक मल समेत उपलब्ध नहुदा हामी कृषकहरुलाई धेरै समस्या परेकाे समेत स्थानीय पप्पु कुमार साहले बताए ।
आफुले १२ बिघा खेतीमा मकै खेती सुरुगरेता पनि अहिले मकै टिप्ने मजदुर नभेटदा मकै खेतमै राख्नुपर्ने अवस्था समेत रहेको उनलेे बताए । अहिले ब्यपारीहरुले काचाे मकै १ हजार रुपैयाँ प्रति कुईटलमा खरिद गर्ने र सुख्खा मकै ३२ सय रुपैयाँ कुईटलकाे दरमा खरिद गर्ने गरेको समेत बताए । एक बिधामा खेतमा बिउ ,मलखाद, पानी गाेडमेल ,र मकै घर सम्म पुर्यउन ७० हजार रुपैयाँ बराबरको खर्च हुने गरेकाे कृषक हरु बताउँछन् । अहिले केही ठाउँमा मजदुर हरु आफ्नो घर खर्च जाेहगर्नेका लागि तराईको टनटलापुर घामा बिहन ८ बजेदेखि दिउसाे ५ बजे सम्म ५ सय रुपैयाँ र एक छाक खाना खाएर मकै दिप्दै गरेकाे देखिन्छ । मजदुरका अनुसार आफुहरुकाे मजदुर ज्यालादारी बडाउनु पर्ने माग समेत गरेका छन ।






