बैशाख ३१ बुधबार

मोरङको रतुवामाई नगरपालिका ३ स्थित मिर्चाडाँगीमा विवहामा गित गाउँदा दुई महिलाको मृत्यु भएको छ । तराईमा रहेका साह,मंण्डल,यादव ,ऋिषिदेव लगायतकाे समुदायको छाेरा छाेरीकाे विवहामा गाउँमा रहेका पुराना महिलाहरुले गित मार्फत छाेरीकाे विवहमा जन्ति आउने व्यक्ति र सम्धिहरुलाई गितकर्नि हरुले गित गाएर विवाह गर्ने समेत गर्ने गरेका छन ।

मिर्चाडागी बस्ने मंगललाल सिहको छोरा निरज कुमार सिहको बिबाहमा निजको घरमा हरियो बाँसमा बाँधी हाइ टेन्सन लाइनको पोल नजिक अचानक हावा हुरी आई माइक बाधेको बास ढल्न गई हाइ टेन्सन लाइनले करेन्ट प्रवाह भई निजको छिमेकी सतारुलाल गनगाईको श्रीमती बर्ष ७३ की सुर्य देवी गनगाइ र जतरुलाल गनगाईकी श्रीमती बर्ष ७० की रामुदेवी गनगाईलाई करेन्ट लागेर मृत्युु भएको छ ।

३० बर्षकी राधा कुमारी सिह नगर अस्पताल झुर्किया ल्याएकोमा सामान्य उपचार पश्चात घर तर्फ गएको सिजुवा प्रहरीले जनाएको छ । मृतककाे सव रंगेली अस्पतालमा राखिएको र उनिहरुकाे पाेष्माटम गरेर परिवारकाे जिम्मा लागाउने प्रहरीले जनाएको ।