कानेपोखरी गाउँपालिकामा लोकसेवा तयारी कक्षा सन्चालन ।थारू पाेर्टल

जेठ। ४।कानेपाेखरी
विद्यानन्द चाैधरी 
मोरङको कानेपोखरी गाउँपालिकामा जेठ ४ गते जनसेवा मावीकाे हलमा एक औपचारिक कार्यक्रमका गर्दै लोकसेवा तयारी कक्षाकाे उद्घाटन कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामले  बेयानर बाचन गरेर उद्घाटन गर्नु भएकाे थियाे ।
नोभा फाउन्डेसन प्रा.लि.को प्रविधिक सहकार्यमा र कानेपोखरी गाउपालिकाको आर्थिक सहयोगमा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको हो ।
“लोकसेवा तयारी कक्षा उद्घाटनमा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरीका युवा जनशक्ति लाई नेपालमै टिकाउन र युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन समेत यो कार्यक्रमको मूल उदेशय रहेकाे हाे ।
कार्यक्रम सफलता सहित बिधार्थी सबैलाई आफु लाई अबल साबित गरि पालिकाको नाम आफ्नो नाम उच्च बनाउन आग्रह गर्दै शुभकामना समेत दिनुभयाे ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादव , जनसेवा मा बि प्र अ प्रमोद निरौला , प्रशासन अधिकृत मचिन्द्र थलङ लगायतको उपस्तिथि रहेको थियो ।
लोकसेवा तयारी कक्षा ५० दिनसम्म सञ्चालन हुनेछ। कक्षा रमाइलोस्थित जनसेवा माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन हुनेछ ।
नोभा फाउन्डेसनले प्रविधिक पक्षमा सहकार्य गर्दै शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ भने गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ । यस्तै पालिकाको सहयोग मा शिक्षक सेवा आयोगको पनि चाडै कक्षा सन्चालन हुनेभएको छ ।
५लाख रूपैया बराबरकाे लागतमा लोकसेवा तयारी कक्षा संचालन भएकाे जानकारी प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादवले बताउनु भयाे र नेपालका ख्याती प्राप्त प्रशिक्षहरूकाे समेत प्रशिक्षण रहने समेत जानकारी नाेभा फाउन्डेसन प्रा.लि.को अध्यक्ष प्रकास पराजुलिले दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल