जेठ। ५ साेमबार
रबिन्द्र बराल

माेरङकाे पुर्वि भेगमा केही दिन अगाडि देखि आएकाे अबिर बर्षका कारण मकै खेति गर्ने कृषकहरु चिन्तित हुन थालेका छन । रंगेली ,सुनवर्सि,रतुवामाई ,धनपालथान,कानेपाेखरी लगायतका कृषकहरुकाे मुख्य नगदे बालीकाे रुपमा रहकाे मकै खेति गर्ने कृषकहरु मारमा परेका छन ।

पछिल्लो केही बर्ष अगाडि देखि कृषकहरुले गहुँ खेती भन्दा मकै खेतीमा मेहनत अनुसार राम्रो आम्दानी हुने गरेकाे देखे पछि कृषकहरु मकै खेतीमा आकर्षक हुन थालेका हुन । यस भेगका ९५ प्रतिशत कृषकहरुले नगदे वालीकाे रुपमा रहेको मकै सुरु गरेका थिए । कृषकहरुले खेतीका लागि प्रयाप्त मात्रामा सरकारबाट समयमै रासायनिक मल नपाउदा भारत तथा नेपालकाे विभिन्न स्थानहरुबाट दुख गरेर मह्गाे मुल्यमा मकैबिउ र मल खरिद गरेर मकै खेती सुरु गरेतापनी मेहनत र परिश्रम गरेर मकै खेती राम्रो गरेतापनि मकै बाली भित्र्याउने समयमा माैसमले साथ नदिएपछि कृषकहरु ठुलाे नाेक्सानी बेहोर्नु पर्ने अवस्थामा पुगेका छन ।

केही साता अगाडि माैसम राम्रो देखेर कृषकहरुले जन मजदुरी राखेर मकै टिप्नन लगाए घर अँगनमा ल्याएर केही कृषकहरुले मकै समेत माडेर सुखाएर बाली भित्र्याउने क्रममा अहिले सडकमा उनिहरुले दिनभरि सुकाउने र रातभरिकाे अबिर बर्षका कारण सडकमै भिज्ने र उठाउन समेत नपाए पछि अहिले धेरै मकै पानीले भिजेर गनाउन समेत थालेकाे कृषकहरुले बताए । बर्षका कारण अहिले कृषकहरुकाे ८० प्रतिशत मकै खेतमै बिग्रिने अवस्थामा पुगेकाे स्थानीय दुलार्चन सहनीले बताए ।