कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

जेठ।९।कानेपोखरी 

विद्यानन्द चाैधरी 

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्न कानेपोखरी गाउँपालिकाको आर्थिक सहउाेगमा रेमी परियाेजना अन्तरगत  हलुका सवारी चालक तालिम जेठ ९गते कानेपाेखरी गाउँपालिकामा  सुरु गरिएको छ। सो तालिम सौनलि मल्टिपर्पोज एण्ड ड्राइभिङ्ग स्कुल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित हुनेछ।

गाउँपालिकाका ७ वटै वडाबाट छनौट गरिएका १४जना  युवाहरूलाई लक्षित गरी आयोजना गरिएको तालिमले उनीहरूको सीप अभिवृद्धि गर्दै स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्य लिएको हाे।

गाउँपालिका वडा न ५काे वडा अध्यक्ष चरण गुरुङ्ले गाडी चलाएर उद्घाटन गर्नु भयाे भने  समारोहमा प्रशासन शाखा अधिकृत मचिन्द्र कुमार थलङ्गबोल्दै भन्नुभयो, “हाम्रो उद्देश्य युवा वर्गलाई आत्मनिर्भर बनाउने हो। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई स्वदेशमै उद्यम गर्न सक्ने बनाउनु हाम्रो प्राथमिकता हो।”१ महिने तालिम अवधिमा सहभागीहरूले सवारी चालक सम्बन्धी प्राविधिक ज्ञान, ट्राफिक नियम, सुरक्षा मापदण्ड, व्यावसायिक नैतिकता लगायतका विषयमा प्रशिक्षण लिने छन्। तालिमपछि योग्य सहभागीहरूलाई लाइसेन्स प्राप्त गर्न सहयोग समेत गरिने आयोजक संस्थाले जनाएको छ।

सहभागीहरू तालिमप्रति उत्साहित देखिएका छन्। एक सहभागी युवाले भने, “देश फर्किएपछि केही गर्ने सोचमा थिएँ। यो तालिमले मलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास छ।”गाउँपालिका र स्थानीय संस्थाहरूको सहकार्यमा सञ्चालित यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा रोजगार सिर्जना र गाउँमै समृद्धिको बाटो खोल्ने अपेक्षा गरिएको जानकारी रेमी परियाेजनाका  राेजगार परामर्शकर्ता रमेश अधिकारीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल