काठमाडौँ –
दिपेश राेक्का
गायक दिपेश मिश्र र गायिका समिक्षा दाहालको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ चाँडै सार्वजनिक हुँदैछ। प्रेमभावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा शब्द र संगीत गायक मिश्र स्वयंले सिर्जना गरेका हुन्।
भिडियोलाई सचित खड्काले निर्देशन गरेका छन् भने कलाकारहरू जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालको जीवन्त अभिनयले भिडियोलाई थप प्रभावशाली बनाएको छ। गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन तथा रङ संयोजनको जिम्मा शिलान लम्सालकाे रहेकाे छ ।
निर्देशक खड्काका अनुसार भिडियोमा प्रेमका ती अविष्मरणिय र भावनात्मक पलहरू समेटिएको छ, जसले दर्शकको मन छुने अपेक्षा गरिएको छ। आकर्षक लोकेशन, सजीव अभिनय र भावुक प्रस्तुतिका कारण भिडियोले फरक स्वाद दिने विश्वास लिइएको छ।
‘पल’ म्युजिक भिडियो छिट्टै नै विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने तयारीमा रहेकाेछ।