कानेपोखरी गाउँपालिकाद्वारा डा. महावीर पुनको पुस्तक खरिद गर्दै नवप्रवर्तन अभियानमा साथ ।थारु पाेर्टल

जेठ १३ ।कानेपोखरी 

नवप्रवर्तन तथा सामाजिक उद्यमशीलता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका डा. महावीर पुनद्वारा लिखित पुस्तक “महावीर पुन (सम्झना, सपना र अविरल)” को १ लाख रुपैयाँ बराबरको किताव जेठ १३गते  कानेपोखरी गाउँपालिकाले खरिद गरेको छ।

गाउँपालिकाको कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच अध्यक्ष, राजमती ईङ्गनाम उपाध्यक्ष भाेला प्रसाद अधिकारी तथा प्रशासन शाखा प्रमुख  मछिन्द्र थलङ्ग काे साथमा अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्षले डा. पुनले बोकेको सपना र अभियानलाई आत्मसात गर्दै गाउँपालिका पनि नवप्रवर्तनमा अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो।

गाउँपालिकाको तर्फबाट गरिएको यो सहयोगले डा. पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र तथा नवप्रवर्तनका अन्य पहलहरूमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

“महावीर पुन (सम्झना, सपना र अविरल)” पुस्तक डा. पुनको जीवन संघर्ष, सपना, र नेपालमा नवप्रवर्तनको संभावना विषयमा आधारित रहेको छ। यस पुस्तकमार्फत पाठकले उहाँको जीवन दर्शन र नवप्रवर्तनप्रतिको समर्पणलाई नजिकबाट बुझ्न सक्नेछन्।यस कदमले स्थानीय तहहरू पनि वैज्ञानिक सोच, नवप्रवर्तन र सामाजिक उद्यमशीलता प्रवर्द्धनमा अग्रसर हुँदै गएको सकारात्मक सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल