जेष्ठ १६ शुक्रबार
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजार दिन प्रतिदिन खस्कदै गईरहकाे छ। प्रत्येक साताकाे आईतबार र बिहिवार उक्त बजार लाग्दै आईरहेकाे छ। बजारमा बिगत २० बर्ष अगाडि माेरङ, सुनसरी, झापा, संखुवासभा ,भाेजपुर तथा भारतकाे विभिन्न स्थानहरुबाट हरेक प्रकारका सामनहरु खरिद बिक्रीवितरणका लागि सर्वसाधारण हरुकाे ठुलाे घुईचाे लाग्ने गर्दे थियोे ।
काेराेनकाे समयमा नेपाल सरकारले लकडाउन तथा आवतजावतमा कडाइ गरेपछि गाउँ घरमै सवारीसाधनकाे माध्यमबाट हरेका सामाग्री हरु पुग्न थालेपछि दाेहमना बजार दिनप्रतिदिन ओझेलमा पर्न थालेको स्थानीयहरुले बताए । बजारमा लत्ताकपडा , गाई, गाेरु , बाख्रा ,हाँस, कुखुरा तथा खाधन्यका जस्ता सामाग्रीहरुकाे अत्यधिक मात्रामा बिक्रीवितरण हुदै आईरहेकाे थियोे ।
पछिल्लो समयमा नगरपालिकाले बार्षिकरुपमा उठाउदै आएकाे करकाे दायरामा मनाेपाेली ढंगबाट ठेक्केदारहरुले आफुखुशी असुली गर्नु र अनुहार हेरेर बट्टिलिदा साना व्यपारीहरु मार्कामा पर्ने थालेको स्थानीय कपडा व्यापारी मनाेज कुमार साहले बताए । समय समयमा जनप्रतिनिधि तथा बजार ब्यवस्थापन समितिहरु द्वारा अनुगमन नहुदा ठेक्केदारहरुकाे मनपरी ढंगबाट रकम असुली गरेको ब्यपारीहरुले बताए । अहिले प्रदेश सरकारले वजार व्यवस्थापनका लागि ७० बटा सटर निर्माण भएको र ९ बटा टहरा निर्माणकार्य गरिएको छ ।






