जेठ।२२।

मोरङको रंगेली नगरपालिका लाई मेयर दिलिप बगडियाले १ बिग्घा १५ कठ्ठा जग्गा दान गरेका छन् ।
मेयरकाे दोस्रो कार्यकालकामा समेत निर्वाचित बगडियाले फोहोर व्यवस्थापनका लागि १ बिघा र लेदो व्यवस्थापनका लागि १५ कठ्ठा जग्गा दान गरेका छन् । उक्त जग्गाकाे अहिलेकाे मुल्य अनुसार १ कराैड बराबरको रहेको छ । रंगेलीकाेे वडा नं. ६ मा रहेको १ बिग्घा १५ कठ्ठा जग्गा मेयर बगडियाले रंगेली नगरपालिकालाई दिएका छन् । १ बिघा जग्गा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको निर्माण गर्नेछ ।


स्वीच सरकारको सहयोग प्राप्त रकमबाट कोशी प्रदेश सरकारले रंगेली नगरपालिकाको वडा नं. ६ मा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन डम्पिङ साइडको डिपिआर तयार भइसकेको छ । बाँकी १५ कठ्ठा जग्गामा संघिय सरकारको सहयोगमा लेदो व्यवस्थापन प्लान्ट निर्माण गर्नेछ ।