जेष्ठ २२ बिहीबार
रबिन्द्र बराल

मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकालीका बिगत ४ महिना अगाडि कृषकहरुका लागि सिचाइ समेत हुदै आईरहेकाे स्थानकाे ट्रान्सर्फमर गएराती चाेरी भएको छ । संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय बाट कृषकहरुका लागि सिचाइका लागि डिवाेरिङ सन्चालनमा आएको थियोे ।
कृषकहरुले मकैखेतीमा समेत सिचाइ समेत गरिरहेका थिए । सातादिन पछि कृषकहरुले धान राेप्नकालागी खेती तयारी गर्नेकालागी सुरुगर्ने समयमा ट्रान्सर्फमर चाेरी भएपछि अहिले कृषकहरु चिन्ता बनेका छन । उक्त बाेरिङ सन्चालनमा आएमासाे क्षेत्रमा रहेको सयै बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने बिष्वास रहेता पनि ट्रान्सर्फमर नै चाेरी भए पछि कृषकहरु चिन्तित रहेको कृषक सुगनलाल मंण्डलले बताए।


बिरिङ निर्माणकार्यका समितिका अध्यक्ष मचिन्द्र कटुवालका अनुसार यसरी ट्रान्सर्फमर चाेरी भएपछि यस भेगका कृषकहरुले धान खेतीका लागि सिचाइ गर्ने समस्या हुने र आफुहरु सकेसम्म कृषककाे लागि पुनः ट्रान्सर्फमर जडानका लागि आफुहरु पहल गर्ने लागि पर्ने उनले बताए । ट्रान्सर्फमरकाे भित्र तामाहुने र उक्त तामा अहिले बजार मूल्य २ हजार रुपैयाँ प्रतिकेजीमा बिक्री हुने भएकोले चाेरहरुले अन्य सामन भन्दा तामा मात्रै लैजाने गरेको प्राधिकरणले जनाएको छ । ५० केभिकाे ट्रान्सर्फमरकाे बजार मूल्य ५ लाख रुपैयाँ सम्म पर्ने गरेको छ ।





