'कानेपोखरी गाउँपालिका र रोजगार सेवा केन्द्रको आयोजनामा तीन दिने च्याउ उत्पादन तालिम सम्पन्न ।थारु पाेर्टल'

June 6, 2025

विज्ञापन
No data was found

कानेपोखरी

कानेपोखरी गाउँपालिका र रोजगारी सेवा केन्द्रको आयोजनामा तीन दिने च्याउ उत्पादन तालिम सम्पन्न भएको छ। तालिम विदेशबाट फर्किएका युवाहरूको लागि विशेष गरी आयोजना गरिएको थियो, जसको उद्देश्य स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नु हो।

वडा नं. २ का वडा सदस्य भिम कार्कीको अध्यक्षतामा रेमीका सहजकर्ता रमेश अधिकारी र अनिशा आचार्यको निर्देशनमा तालिम सञ्चालन गरिएको थियो। कार्यक्रममा जम्मा १५ जना प्रशिक्षार्थीहरू सहभागी थिए, जसले च्याउ उत्पादनका विभिन्न प्रक्रिया र प्रविधिहरू सिके।

तालिमको अन्तिम दिन, च्याउ उत्पादन प्रक्रियामा प्रयोग हुने च्यापकट्टर मेसिन हस्तान्तरण गरिएको छ, जसले प्रशिक्षार्थीहरूलाई उत्पादन प्रक्रियामा सहजीकरण पुर्याउने छ। साथै, तालिममा सहभागीलाई च्याउको बीउ र प्रमाणपत्र पनि वितरण गरिएको छ। यस तालिमले स्वदेशमै रोजगार सिर्जना र च्याउ उत्पादन उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।कार्यक्रम   कानेपोखरी गाउँपालिका र रोजगारी सेवा केन्द्रको सहजकर्ता रविन अधिकारीले सँचालन गरेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.