रबिन्द्र बराल

माेरङकाे रंगेलीम स्थानीयतह हरुमा सन्चालित सहकारीहरुकालागी अत्यावश्यक बिषयमा ३ दिने तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा रंगेली ,सुनविर्षी,रतुवामाई र धनपालथान गाउपालिका लगायतमा रहेका सहकारीहरुलाई सहकारीको बिषयमा सचेतना तथा जागरण गराउने उदेश्यका साथ ३ दिने तालिम सन्चालन गरिएको प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका प्रमुख हरि बहादुर खत्रीले बताए “मर्यादित सहकारीः समुन्नत समाज भन्ने मुल नाराका साथ २१ गतेदेखि २३ गतेसम्म सद्भाव बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा कार्यक्रम भएको सदभाव बचत तथा ऋण सहकारी संस्था रंगेलीका अध्यक्ष ई.कमलेश्वर ठाकुरले बताए । बिभिन्न प्रवृत्तिका सहकारीहरूबाट महिला पुरुष गरि ३० जना सहभागीहरुलाई तालिममा सहभागीता रहेको थियोे । समापन कार्यक्रममा सहभागी हरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

काेशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेश, इनरुवा, सुनसरीकाे आयोजना र जिल्ला सहकारी संघ, मोरङकाे समन्वय तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था लि.सहयोगमा उक्त कार्यक्रममा समापन गरिएको थियोे ।