रबिन्द्र बराल

ईलाका प्रहरी कार्यलय रंगेलीले जनताकाे शान्ति सुरक्षमा प्रभावकारी रुपमा काम गर्ने सकेको छैन ।
रंगेली आसपासमा अहिले प्रायजसाे चाेरीका धटनाहरु बडिरहेता पनि प्रहरीभने मुखदर्शक बनिरहेको छ। दुई महिना अगाडि काठमाडौ बाट सरुवा भएर आएका प्रहरी निरिक्षक नगेन्द्र बाेगटिले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षामा चुनाैति थपिरहेकाे छ । गत बिहीबार जनता क्याम्पसकाे परिसरबाट एकैपटक दुई साईकल चाेरी भएता पनि अहिलेसम्म प्रहरीले समान्य साईकल चाेरहरुलाई समेत पक्राउ गर्ने नसक्नु कतिकाे लज्जास्पद कुरा हाे। क्याम्पसकाे साईकल स्टेनमा सिसि क्यामाराकाे निगरानीमा रहेकाे र उक्त क्यामरामा चाेरहरुकाे फाेटाे र भिडियो स्पस्ट रुपमा देखिन्छ ।
भिडियोमा साईकल लिएर बक्राह पुल तर्फ लगेकाे स्पष्ट देखिन्छ पुलमा समेत सिसि क्यामरा जडान गरिएको छ । तर प्रहरीले अहिलेसम्म सिसि क्यामराकाे रेकड भएता पनि चाेर भने पक्राउ गर्ने सकेको छैन । क्यापसमा रंगेली ,आमगाछि, दर्वेशा ,बेलचाेक लगायतका बिधार्थिहरु पठनपाठन गर्ने आउने गरेका छन। बिधार्थिहरुले साईकल स्टेनमा राखेर पठनपाठन गरिरहेकाे समयमा उक्त साईकल चाेरी भएको थियोे । रंगेलीमा बिगतका दिनहरुमा गाउँघरमा सामन्य चाेरीहरु मात्रै हुदै आईरहेकाे भएता पनि प्रहरीलाई चुनाैती दिदै सिसिटिभिकाे निगरानीमा रहेकाे साईकल समेत चाेरी बढेकाे देखिन्छ ।

४ दिन बितिसक्दा समेत साईल चाेरलाई किन पक्राउ गर्ने सक्दैन प्रहरीले ? केहिदिन अगाडि समेत रङ्गेली ७ स्थित मुन्डाकालीकामा कृषकहरुले सिचाइका लागि सन्चालनमा रहेको ट्रान्सर्फमर र रंगेली १ स्थित जिरायत टाेलमा खानेपानी संस्थाका लागि जडान गरिएको ट्रान्सफर्मर समेत चाेरी भएको थियोे । यसरी दिनप्रतिदिन चाेरी बडिरहदा रंगेली प्रहरीले अहिलेसम्म कुनै चाेरहरुकाे सुईकाे समेत पाएको छैन । जनताकाे जिउधनकाे शान्ति सुरक्षामा प्रहरी खटिएता पनि प्रहरीको शान्ति सुरक्षाले आम सर्वसाधारणमा निराशापन छाएकाे देखिन्छ ।