दुर्गा नारायण खतिवडा(बिबेक)
जेठ।२६ ।कानेपोखरी,

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको श्री माध्यमिक बिद्यालय भौसाबारीलाई शिक्षा प्रेमी युवा नेता गणेश थापाले २५ हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका छ्न ।
आइतबार बिद्यालयमै एक अौपचारिक कार्यक्रमको आयोजना गर्दै थापाले खेलकुद सामाग्री बितरण गरेका हुन । सोही क्रममा बिद्यालयले उनलाई प्रशंसा पत्र प्रदान गरेको हो।
आफुले बिद्यालयलाई फुटबल १ थान, भलिबल सेट १ थान, किर्केट सेट २ थान, किर्केट बल १४ थान, क्यारेम बोर्ड सेट २ थान, चेस ५ थान, लुडो ५ थान र ईस्केपिङ ६ थान हस्तान्तरण गरेको थापाले बताए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक जंग बहादुर बोहोरा, कानेपोखरी ५का कार्यबाहक वडा अध्यक्ष रखिलाल चौधरी, वडा सदस्य दिपक लुइटेल, नेपाली काग्रेस कानेपोखरी सह-सचिब मनिश न्यौपाने लगायतको उपस्थिति थियो । थापा अहिले राजनीतिक दल नेपाली काग्रेस जिल्ला सदस्य छ्न ।

उनी बिराटनगरमा रहेको डिग्री क्याम्पसमा अध्यन गर्दा नेपाली काग्रेसको जनबर्गिय संगठन नेपाल विद्यार्थी संघ बाट अध्यक्षको उमेदवार बनि स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए । त्यस्तै उनी नेपाल बिद्यार्थी संघको पुर्व केन्द्रिय सदस्य समेत हुन । उनले कानेपोखरी २ मा रहेको बलदेव आधारभुत बिद्यालयलाई हरेक बर्ष खेलकुद सामाग्री, शैक्षिक सामाग्री लगायत विद्यार्थी हरुलाइ ब्याग र कापीकलम बितरण गर्दै आएका छन ।