'कानेपाेखरी गाउँपालिकाकाे विद्यालयहरू विदा।थारु पाेर्टल'

June 11, 2025

विज्ञापन
No data was found
कानेपाेखरी
जेठ।२८।
कानेपाेखरी गाउँपालिकाले अत्यधिक गर्मीका कारण तीन दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार पछिल्ला केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठनमा समस्या देखिएको भन्दै मिति २०८२ जेष्ठ २८ गते बुधबारदेखि ३० गते शुक्रबारसम्म विद्यालय बन्द गरिने जानकारी दिइएको छ।प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवकाे हस्ताक्षर सुचनामा उल्लेखित ३दिनकाे विदा सँचित विदाबाट कट्टा हुनेगरी पालिकामा रहेका विद्यालयहरू आजबाट बन्द गरीएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.