जेष्ठ २९ बिहीबार
रबिन्द्र बराल

मोरङको रङ्गेली नम्बर ३ स्थित निशानथानमा २०२५ सालमा स्थापना भएको सरस्वती निम्न माध्यमिक विद्यालयमा बिगत दुई बर्षदेखी बिधालय बन्द हुदा अहिले उक्त स्थान सुनसान बनेकाे छ । नेपाल सरकारले बिगत केही बर्ष अगाडि सरकारी बिधालयहरुमा कम बिधार्थि भएमा उक्त बिधालय हरुलाई अन्य बिधालयमा मर्च गर्ने प्रावधान ल्याएपछि रंगेलीका दुई बिधालयहरु मर्च भएपछि अहिले उक्त दुई बिधालयहरु सुनसान बनेकाे छ ।
रंगेली ३ स्थित निसानथानमा रहेको सरस्वती निम्म बिधालयमा सुरुकाे अवस्था बिधार्थिहरुलाई कक्षाकोठामा नटाएर बिधालयकाे चाैरमा समेत पठानपाठन गराउदै आएको स्थानीय नवराज थापाले बताए । दुई बर्ष अगाडि उक्त बिधालयमा २ जना मात्रै आउने गरेकाे हुनाले नगरपालिकाले उक्त बिधार्थिहरुलाई रत्न माध्यमिक बिधालयमा सारेपछि बिधालय बन्द गर्नुपरेकाे शिक्षाशाखाका एक कर्मचारीले बताए ।
बासिन्दाहरुले २०२५ सालमा स्थापना भएको बिधालय स्थानीय हरुले आफ्नो लगानी र मेहनत गरेर गाउँ घरमा रहेको गरिव तथा अतिविपन्न परिवारलाई पठनपाठन गर्नेका लागि सहज हाेसा भनेर बिधालय सन्चालन गरेका थिए ।
अहिले बिधालयमा रहेका फर्निचर तथा ट्वाईलेट तथा कक्षाकाेठाहरु वेवारीसे अवस्थामा रहेको देखिन्छ । पछिल्लो समयमा शिक्षकहरुकाे राजनीतिक र गाउँ घरमा समेत निजि बिधालयहरु खुल्न थालेपछि सामुदायिक बिधालयहरु दिनप्रतिदिन ओझेलमा पर्ने थालेका छन।

पुर्व उपमेयर केशब कुमारी खरालका अनुसार रंगेली ३ का जनताहरुले चुनावमा आफुहरुलाई भाेट नदिएकाे हुनाले यस स्थानलाई अहिले अपहेलना समेत गरेकाे उनलेे बताईन । त्यसैगरी रंगेली ३काे दक्षिण टाेलमा रहेको सार्वजनिक आघारभुत समेत मर्च पछि उक्त बिधालय समेत बेवारिसे अवस्थामा रहेको छ ।


वडा अध्यक्ष भरत प्रसाईंका अनुसार मर्च भएका बिधालय हरुलाई हामीहरुले समंरक्षण गर्ने पहल गर्ने र उक्त स्थानलाई केही काम गरेर उपयोग गर्ने समेत उनलेे बताए । अहिले नगरपालिकामा बहुमत सहितकाे जनप्रतिनिधि हरु भएको समयमा सरकारी बिधालयमा शिक्षण पेशमा रहेका शिक्षकहरुले आफ्नो छाेरा छाेरीहरुलाई सामुदायिक बिधालयमा पठनपाठन गराउनु पर्ने नीति ल्याउदैन तब सम्म सामुदायिक बिधालय हरु दिन प्रतिदिन खस्कदै जाने समेत देखिन्छ ।