कानेपोखरी, असार।२गते
कानेपोखरी गाउँपालिकामा रेमी परियोजना राेजगार शाखा अन्तर्गतकाे कार्यक्रम विप्रेशन ब्यवस्थापन र वचत एवम ऋण भुक्तानी सम्बन्धी तालिम समापन गरिएको छ। उक्त तालिम कानेपोखरी गाउँपालिकाको पुरानाे सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष खडग वस्नेतले गर्नुभयो भने, प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम हुनुहुन्थ्यो। कार्यक्रममा रेमी परियोजना रोजगार शाखा परामर्शकर्ता रमेश अधिकारी, अनिशा आचार्यकाे आतिथियता रहेकाे थियाे
सागर खत्री प्रशिक्षकको रुपमा उपस्थित हुनुभएको थियो।उहाले ७ दिन सम्म प्रशिक्षण दिनुभएकाे थियाे । प्रशिक्षण निकै फलदायीक रहेकाे थियाे ।
कार्यक्रमको स्वगत मन्तव्यमा, रेमी परियोजना रोजगार शाखा परामर्शकर्ता रमेश अधिकारीले विप्रेशन ब्यवस्थापन र वित्तीय सम्बन्धी आफ्नो भनाई प्रस्तुत गर्नुभयो। उहाँले, “वचत र ऋण भुक्तानी व्यवस्थापनले व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँछ। यस प्रकारको तालिमले समुदायलाई वित्तीय दृष्टिकोणले सशक्त बनाउँछ,” भन्नुभयो।र कमाएकाे पैसा कसरी वचत गर्ने समेत वताउनु भयाे ।
कार्यक्रममा सहभागी २ जनाले तालिमबाट राम्राे ज्ञान प्राप्त गरेको बताएका छन्। वडाध्यक्ष खडग वस्नेतले, “यस प्रकारका तालिमहरू गाउँका जनतालाई विकासका विभिन्न पक्षमा सक्षम बनाउन महत्त्वपूर्ण छन्,” भन्नुभयो।
प्रमुख अतिथी अध्यक्ष राजमती इङ्गनामले, “कानेपोखरी गाउँपालिकामा अझ धेरै यस्ता तालिमहरूको आयोजना गरिनेछ, जसले स्थानीय जनतालाई वित्तीय शिक्षामा सशक्त बनाउन मद्दत पुर्याउनेछ,” भन्ने कुरा साझा गर्नुभयो।विपन्न परिवारलाई राेजगार मुखी बनाउने अभियानमा रहेकाे समेत वताउनु भयाे र कानेपाेखरीमा विभिन्न प्रकारका सिप मुलक तालिम हरु गराउदै आइरहेकाे समेत भन्नु भयाे ।कार्यक्रम समापनपछि, सहभागीहरूले तालिमका विषयमा उत्साहजनक प्रतिक्रिया दिएका थिए। समापन पछी प्रमुख अतिथीकाे हातवाट प्रमाणपत्र ग्रहण गरेका थिए भने कार्यक्रम रविन अधिकारीले सँचालन गरेका थिए ।