डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )


काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत  ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार  डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन।
पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ।
भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन।
लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरीमा  CHITF काे दुई दिने सेमिनार तथा रेफ्री ट्रे‍निङ कार्यक्रम सम्पन्न। थारू पाेर्टल

उखुबारीमा २६ बोरा गाँजा बरामद ।थारूपाेर्टल

आधुनिक सामग्री निर्माणकाे एड्भान्स तालिम सुरु।थारूपाेर्टल

अँशबन्डाकाे बिषयमा देवरले गरे भाउजूकाे हत्या ।थारू पाेर्टल

१ राउन्ड हवाई फाईर गर्दे ब्राउन सुगर सहित ३ पक्राउ ।थारू पाेर्टल

कानेपाेखरी टप सिंहदेवी माध्यमिक विद्यालयकी आराधना ।थारू पाेर्टल