असार ४।
रबिन्द्र बराल

सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोधमा रंगेली रहेको सुनचाँदी पसलहरु जेष्ठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका छन ।
सुनचाँदी व्यवसायी संघले गत बिहीबार जिल्लाभरका सुँनचाँदी पसल बन्द गरेका छन् । सरकारले नयाँ बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको बिषयलाई लिएर बिगत ५ दिनदेखि व्यवसाय बन्द गरेका छन ।

सरकारले तत्काल कर खारेजी हुनुपर्ने माग राख्दै सुन चाँदी व्यवसाय माेरङकाे निर्देशनमा माेरङका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द रहेकाे छ। सरकारले सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने माग राख्दै विरोध जनाएको रंगेलीका बिराट लक्ष्मीका प्राेपाईटर आकाश साेनीले बताए ।