'कानेपोखरी गाउँपालिकाको नीति तथा कार्यक्रममा  राय, सुझाव संकलन कार्यक्रम सम्पन्न । थारू पाेर्टल'

June 21, 2025

विज्ञापन
No data was found

कानेपोखरी,असार ।७गते

   

कानेपोखरी गाउँपालिका, मोरङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिने नीति तथा कार्यक्रमसँग समन्वय गर्दै राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूसँग असार ७गते सनिबार एक कार्यक्रम गरेर राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजमती इङनामको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भोला प्रसाद अधिकारी विशेष अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा कानेपोखरीका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले राय  दिनुका साथै महत्वपूर्ण सुझावहरू पनि दिएका थिए। उनीहरूले गाउँपालिकाको नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी, समावेशी र स्थानीय आवश्यकता अनुसार बनाउनका लागि विविध दृष्टिकोणबाट सुझावहरू राखेका थिए।

विद्यालयका प्रधानाध्यापकले शिक्षामा विशेष जोड दिएका छन् भने राजनीतिकर्मीहरूले समेत वडास्तरमा बाटो, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट वृद्धिको माग गरेका छन्। हाल वडाहरूमा सम्बन्धित क्षेत्रमा विभिन्न विकास निर्माणका कार्यहरू सञ्चालनमा रहेका छन्। कानेपोखरी गाउँपालिका कर्मचारी अर्जुन काेइराला र राकुमारी तामाङले राय, सुझाव टिपाेट गर्नु भएकाे थियाे ,। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.