'कानेपोखरी गाउँपालिकाले आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको सिलिङ बजेट सार्वजनिक ।थारू पाेर्टल'

June 25, 2025

विज्ञापन
No data was found
कानेपोखरी असार। ११।

कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभा  आ.व . २०८२/०८३ को नीति तथा कार्यक्रमकाे पहिलो बैठक सम्पन्न भएको छ। बैठकमार्फत गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।
सभामा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले १सय४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम पाँचवटा विशेष उद्देश्यमा केन्द्रित रहेको छ — दिगो र योजनाबद्ध पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा लगानी, कृषि उत्पादन र बजारीकरणमा जोड, सुशासन प्रवर्द्धन, र सूचना–प्रविधिमा आधारित सेवा प्रवाह गरि पाच वटा मुख्य उद्वेश्य रहेका छ्न ।
यस्तै बैठकमा अध्यक्ष राजमती इङ्नामले आर्थिक वर्ष २०८१/८२ को कानेपोखरी गाउँपालिकाको प्रगति समीक्षा प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको छ।
साथै, गाउँपालिकाले आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको सिलिङ बजेट सार्वजनिक गरेको छ। पहिलो बैठकले उक्त अनुमानित बजेट प्रस्तुत गरेको छ ।
आर्थिक विधेयक र विनियोजन विधेयक भने दोस्रो बैठकबाट पारित गरिने छ । अनुमानित बजेट तथा आर्थिक विधेयक उपाध्यक्ष भोला प्रसाद अधिकारीले सभामा प्रस्तुत गर्नुभएको थियो।
आगामी असार २३ गते अर्को बैठक बस्ने गरी सभा अध्यक्ष राजमती इङ्नामले सभा समापन गर्नुभएको थियाे।
सभाका कानेपाेखरी गाउँपालिका का वडा अध्यक्षहरू तथा  क्रमचारीहरूकाे समेत बाक्लाे उपस्थिति रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.