असार १३ शुक्रबार
रबिन्द्र बराल

माेरङकाे कानेपाेखरी २ दलेलीमा रहेकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेकाे पाण्डे ऋिषिदेवकाे २ बर्षकी प्रमिला ऋिषिदेव बिगत दुई महिना देखि पेट फुल्ने राेग बाट ग्रसित भएपछि अबाेध बालिकाले आफ्नो शरिरमा राेग लिएर बस्न बाध्य रहेकि छिन ।
पण्डेकाे परिवारमा श्रीमती, दुई छाेरी सहित ४ परिवार लाई दुख गरेर पालनपोषण गरि रहेतापनी कान्छी छाेरीलाईउपचार गर्ने आर्थिक अभावका कारणले गर्दे उनलेे दुई महिनाकी अबाेध बालककाे पेटमा राेग लिएर बस्न बाध्य रहेकाे उनलेे बताएका छन । उपचारका लागि असार ९ गते कानेपाेखरी अस्पतालमा लगेतापनि अस्पतालले उनलाई रंगेली अस्पतालमा उपचार गराउन लैजानु भनेर डाक्टरले सल्लाह दिएकाे उनलेे बताए ।
उनी भन्छन आफूसंग नत उपचार गर्ने पैसानै छ न त बस्ने घरै राम्रो छ । म कसरी छाेरीकाे उपचर गराै घरमा काम गरेर सबै परिवारलाई पालनपोषण गर्ने समेत समस्या भईरहेकाे अवस्थामा अहिले मलाई निकै बज्रपात नै परेको उनलेे दुखेकाे गरेका छन । अहिले छाेरीले पानी र केही तरकारी हरु मात्रै खाने तर अन्य कुनै कुराहरु खाने गरेकाे छैन।


घर पनि पुर्णरुपमा जिर्ण र सुत्नका लागि एउटा खाट समेत नरहेको र भुईमा एउटा बाेरा र सामान्य ओछ्यामा सुत्ने गरेको र गर्मीको समयमा सर्पले आफ्नाे परिवारलाई टाेक्ने निकै डरले गर्दे रातभरि परिवारकाे रेखदेख गर्ने गरेकाे उनलेे बताए ।घरमा दुई छाक खान समेत निकै समस्या रहेको हामीले स्थलगत रिपोर्टिङ गर्ने क्रममा देखेका छाै । अहिले उनकाे छाेरीकाे रंगेली अस्पतालमा निशुल्क उपचार व्यवस्थापन गर्नेकामकाे पहल गरिरहेका छाै ।तर ओैषधि खरिद तथा उनकाे अन्य अस्पतालमा लगेर उपचार गर्नु पर्याे भने निकै आर्थिक रकम समेत चाहिने देखिन्छ ।