कानेपोखरी।असार।१४
मोरङकाे कानेपोखरी गाउँपालिकाको आयोजनामा दुई दिने सहकारी संस्थाको जोखिम व्यवस्थापन तथा ऋण लगानीसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम कानेपोखरी गाउँपालिका–२ मा अवस्थित आदिवासी जनजाति भवनमा सञ्चालन गरिएको थियो।
तालिम कार्यक्रम वडा नं. २ का कार्यवाहक वडा सदस्य केशव दाहालको अध्यक्षतामा सम्पन्न भएको थियाे। कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका हरीबहादुर खत्री र राष्ट्रिय सहकारी बैंक, विराटचोकका प्रमुख मनोन लामिछाने प्रमुख प्रशिक्षकका रूपमा सहभागी हरूलाइ तालिम दिएका थिए ।
तालिममा कानेपोखरी गाउँपालिका भित्रका विभिन्न सहकारी संस्थाका प्रवन्धक, सञ्चालक र व्यवस्थापकहरूकाे सहभागितारहेकाे थियाे। सहकारी क्षेत्रको सुदृढीकरण र व्यावसायिकता अभिवृद्धिका लागि तालिम निकै उपयोगी र प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्।
तालिम कानेपोखरी गाउँपालिका सहकारी शाखाका प्रमुख रमेश अधिकारीको विशेष पहल र समन्वयमा सम्पन्न भएको हो। तालिमका समन्वयक अधिकारीले तालिमको समापनमा जानकारी दिँदै सहकारीहरूको सशक्तीकरणका लागि यस्ता तालिम निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरे। कानेपाेखरी गाउँपालिकाले विभिन्र सिप मुलक तथा अनय तालिमहरू समेत कानेपाेखरी वासीलाइ दि रहेकाे जानकारी रविन अधिकारीले दिनुभयाे ।