'कानेपोखरी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा समारोह सम्पन्न ।थारू पाेर्टल'

June 29, 2025

विज्ञापन
No data was found

 कानेपोखरी।१५,असार

 कानेपोखरी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा समारोह भव्य रूपमा सम्पन्न भएको छ। आइतबार गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा पालिकाभित्रका सबै बालबालिकाले निर्धारित समयमा सम्पूर्ण खोप सेवा प्राप्त गरिसकेको औपचारिक घोषणा गरिएको हो।

May be an image of 13 people and people studying

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उदय कान्त सेठले खोप सुनिश्चिततालाई दिगो बनाउँदै लैजान सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए। उहाँले खोप कार्यक्रममार्फत संक्रामक रोग नियन्त्रण, शिशु मृत्युदर न्यूनीकरण तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of 10 people, people studying, hospital and text that says 'NEPAL 今'

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम,  प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव   वडाध्यक्षहरू,       स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, अभिभावक र विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष इङ्नामले कार्यक्रममा सम्बोधन गर्दै पालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु एक गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य संस्थालाई अझ प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले सबै बालबालिका समयमै खोप सेवा पाउन सुनिश्चित गर्न पालिकाले आवश्यक सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउँदै, यस सफलतामा योगदान दिने सम्पूर्ण स्वास्थ्यकर्मी, अभिभावक, स्वयंसेवक र सहयोगी निकायप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले सबै पक्षको सहकार्य र संलग्नता बिना यस्तो उपलब्धि सम्भव नहुने भन्दै निरन्तरताको लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.