असार।२१।कानेपोखरी,
सिंहदेवी माध्यमिक विद्यालयकाे गौरवमय सफलता : आराधना कार्कीले 3.87 GPA हासिल
सिंहदेवी माध्यमिक विद्यालय, कानेपोखरी–५, जहदा, मोरङका विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कानेपाेखरी टप गरेका छन ।
विद्यालयबाट जम्मा ४५ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये ३९ जना ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ६ जना नन्-ग्रेडेड (उत्तीर्ण हुन नसकेका) रहेका छन्।
विशेष उल्लेखनीय उपलब्धिका रुपमा विद्यार्थी आराधना कार्की ले उच्चतम 3.87 GPA प्राप्त गर्दै विद्यालयको नाम गौरवान्वित बनाएकी छिन्। उनको यो उत्कृष्ट परिणामले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई प्रतिबिम्बित गर्छ।भन्रे धारणा विद्यालयका प्र अ धर्मराज थापाले दिनुभएकाे थियाे ।
विद्यालय परिवार, शिक्षकगण तथा अभिभावकहरूले सबै उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। आराधनाको उपलब्धिले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।
पालिकाभरिकै उत्कृष्ट नतिजा ल्याउँदै सो विद्यालयका तीन जना विद्यार्थी Top Ten सूचीभित्र पर्न सफल भएका छन्।
Top Ten भित्र पर्न सफल विद्यार्थीहरू:
१. आराधना कार्की – पालिका प्रथम
२. अनिशा धिमाल – पालिका छैटौँ
३. अंशु भेटवाल – पालिका सातौँ