असार २५गते
रबिन्द्र बराल

रंगेली नगरपालिकामा बाँसको आधुनिक सामग्री निर्माण सम्बन्धी एड्भान्स सम्धि एक महिनाको तालिम सुरु भएको छ। उद्धाटन कार्यक्रममा उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदिप कुमार साह, बडा अध्यक्ष सुजित कुमार मंणडल, अध्यक्षता शान्ता श्रेष्ठले गर्नुभयो भने, वडा नं. ६ का वडाध्यक्ष सुजित कुमार मण्डल, गृहश्रमिक सृजनशील महिला समाजको अध्यक्ष शान्ता श्रेष्ठ , उषा रायमाझि कुँवर , उपाध्यक्ष कमला न्यौपाने लगायतकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रमका अथितिहरुका अनुसार यसरी एड्भान्स तालिम बाट माझी र माल्लिक समुदायको परम्परागत सीपलाई आधुनिक ढंगबाट व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउने उदेश्यका साथ यस्तो कार्यक्रम ल्याएकाेमा धन्यवाद समेत दिएका थिए ।

टेवा संस्थाको आर्थिक सहयोग र गृहश्रमिक सृजनशील महिला समाजको आयोजनामा सञ्चालन भएको उक्त तालिमले सहभागीहरूमा सीप विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।