असार २६।गते

मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र बगोटीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलाे मात्रामा गाँजा बरामद गरेको छ ।
प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उक्त गाँजा कस्ले राखेको भन्ने बिषयमा थप अनुसन्धान भईरहेकाे र उनिहरुकाे खाेजीकार्य समेत भईरहेकाे बताए ।