कानेपोखरी। मोरङ,
असार।२९गते

माेरङकाे कानेपाेखरीमा रहेकाे जनसेवा माविकाे प्राङगणमा आयोजित दुई दिने सेमिनार तथा रेफ्री सेमिनार ट्रेणिङ कार्यक्रम असार २८गते शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रा. प्रमोद निरौलाले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक तथा कोशी प्रदेश अध्यक्ष युवराज भुजेलले खेलाडीहरूलाई सेफ ड्रिफेरेन्स तथा रेफ्री सम्बन्धी विविध महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा मोरङ जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, ब्ल्याक बेल्ट संघ अध्यक्ष आशिष भुजेल, मङलबारे डोजाङका प्रशिक्षक, आठराई डोजाङ प्रशिक्षक, कानेपोखरी डोजाङ प्रशिक्षक लगायत गरी २० जना ब्ल्याक बेल्ट प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय स्तरमा खेलकुदको विकास, अनुशासन र दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।