'राष्ट्रिय मानव अधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन ILO सम्बन्धी तालिम सम्पन्न ।थारू पाेर्टल'

July 16, 2025

विज्ञापन
No data was found

विद्यानन्द चाैधरी 

कानेपाेखरी।असार,३२

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा “ILO का आधारभूत सिद्दान्त र श्रमिकको अधिकार” सम्बन्धी ३ दिने कार्यशाला कोशी प्रदेश प्रमुख विरबहादुर बुढा मगरको अध्यक्षतामा  विराटनगरमा सम्पन्न  भएको हो। । कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका मानव अधिकार रक्षक, सञ्चारकर्मी र  कोशी प्रदेश कार्यालयका अधिकृतहरूको सहभागिता रहेको थियो।

May be an image of 5 people, dais and text

कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार आयोगका केन्द्रीय सचिव मुरारी प्रसाद खरेल रहनुभएको थियो। उहाँले मानव अधिकारको अवधारणा, महत्व र वर्तमान कार्यान्वयन अवस्थाबारे प्रष्ट पार्नु भयो।
विशिष्ट अतिथिका रूपमा ILO संयोजक सोलोमन राजभण्डारीले ILO का मूल्य मान्यता र कार्यगत प्रभावबारे जानकारी दिनुभयो। साथै, अतिथिहरूमध्ये नवराज सापकोटा, श्याम बाबु काफ्ले लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नवराज सापकोटाले आयोगको कार्यदायित्व र वर्तमान गतिविधिबारे जानकारी दिनुभयो।

उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट २८ जना सहभागी भएका थिए। तालिममा सामूहिक सौदाबाजी, समान पारिश्रमिक, विभेद, बाल श्रम, ट्रेड युनियन, जी-फन्ट लगायतका महत्त्वपूर्ण विषयवस्तुमा जानकारी प्रदान गरिएको थियो।

सहभागीहरूले तालिम पश्चात प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा गई अनुगमन तथा निरीक्षण गर्ने खालको पहल आवश्यक रहेको सुझाव दिएका थिए।कार्यक्रमको सञ्चालन मानव अधिकार आयोग कोशी प्रदेशका अधिकृत यमराज राईले गर्नुभएको थियो। तालिम कार्यक्रम विराटनगरस्थित विग होटलमा आयोजना गरिएको थियो। तालिम समापन पछी सबै सहभागीहरूलाइ  प्रमाणपत्र समेत वितरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.