'कानेपोखरी गाउँपालिकाकाे आर्थिक वर्ष २०८२÷०८३ को बजेट पत्रकार सम्मेलन बाट सार्वजनिक।थारू पाेर्टल'

July 20, 2025

विज्ञापन
No data was found

साउन।५गते 

विद्यानन्द चाैधरी

मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलन  गरेर सार्वजनिक भएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम  उपाध्यक्ष भोला प्रसादअधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, प्रशासन शाखा प्रमुख मचिन्द्र थलङ वडा अध्यक्ष चरण गुरुङ गाेपाल कार्की लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका सभाबाट पारित वजेट सार्वजनिक भएको थियो ।

पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले पालिका सभाबाट पारित भएको बजेट विज्ञप्ति वाचन गरेर सार्वजनिक गर्नुभएको थियो । कानेपोखरी गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ को लागि ६७ करोड ६७ लाख ५३ हजार अनुमानित बजेट पारित गरिएको उपाध्यक्ष अधिकारीद्वारा प्रस्तुत विज्ञप्तिमा उल्लेल छ ।


आयतर्फ संघीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त बजेट, आन्तारिक राजस्वबाट ४ करोड, अल्या १० करोड लगायत १४ करोड प्रस्तुत बजेटमा उल्लेख छ ।
पूर्वाधार विकासमा १४ करोड ३५ लाख, जस मध्ये पालिका प्रशासनिक भवनको लागि ४ करोड बिनियोजन भएको छ । शिक्षामा २ करोड १४ लाख ४९ हजार बजेट पारित गरेको विज्ञप्तिमा उल्लेख छ । पालिकामा कक्षा ११ र १२ निशुल्क पठनपाठनको लागि ३५ लाख बिनियोजन भएको छ ।


वडाहरु ७ वटालाई सिलिङ बजेट २० लाखको दरले २ करो १० लाख । कृषितर्फ ४९ लाख ५० हजार, खेलकुदमा ३० लाख, लक्षित वर्गको लागि ३० लाख ७५ हजार बजेट विनियोजन भएको उपाध्यक्ष भोला अधिकारीद्वारा प्रस्तुत बजेटमा उल्लेख छ । स्वास्थ्यतर्फ ८६ लाख, ८६ लाख बाहेक अस्पतालको लागि करार स्वाथ्य कर्मचारीको लागि ५२ लाख बिनियोजन भएको उपाध्यक्ष भोला अधिकारीले बताउनुभयो ।
बजेट सार्वजनिक भएपछि उठेका प्रश्नहरुमा पालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव लगायतले जवाफ दिनुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.