साउन ५।कानेपाेखरी

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा “मानव बेचबिखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी सरोकारवालासँग परामर्श कार्यक्रम” कोशी प्रदेश सभाका उपसभामुख माननीय सिर्जना दनुवारकाे प्रमुख आतिथ्यतामा विराटनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने कोशी प्रदेश कार्यालय प्रमुख सहसचिव वीर बहादुर बुढा मगरले कार्यक्रमको अध्यक्षता गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता नारायण वस्ती कानून सचिव राजुप्रसाद गुरागाईँ मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
आयोगका उपसचिव लोकनाथ बाँस्तोलाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी विस्तृत प्रस्तुतीकरण मानव बेचबिखन विषयका विज्ञ डा. गोविन्द सुवेदीले गर्नुभयो।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकायका प्रतिनिधि, मानव अधिकार रक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत सुदिप्ती सुवेदीले गर्नुभएको थियो।