'सहयोगी मनः कमलले  नरमाया लाई १० धुर जग्गा र दुई कोठे घर हस्तान्तरण गरे ।थारू पाेर्टल'

July 21, 2025

विज्ञापन
No data was found

कानेपाेखरी।साउन। ५गते 

मोरङ, कानेपोखरी – सहयोगी मन र सहृदय प्रयासकाे परिणामस्वरूप कानेपोखरी–५ निवासी नरमाया धिमाललाई १० धुर जग्गासहित दुई कोठे घर हस्तान्तरण गरिएको छ।

यो सहयोग कार्यमा  कमल धिमाल समूहका साथै  कर्ण वहादुर राइ,   विमल लिम्बु, नारायण लिङदेन र दिनेश राईको विशेष योगदान रह्यो। साथै, कानेपोखरी धिमाल विकास केन्द्रका अध्यक्ष राजकुमार धिमाल, विनोद धिमाल लगायत गाउँका अन्य अग्रजहरूको उपस्थिति र समर्थनमा लालपुर्जासहित जग्गा हस्तान्तरण प्रक्रिया सम्पन्न गरियो।

लालपुर्जा प्राप्त गरेपछि नरमाया धिमाल अत्यन्तै भावुक र हर्षित देखिइन्। यस्ता कार्यहरूले आजको समयमा पनि मनकारी र सेवाभावी व्यक्तित्वहरू समाजमा क्रियाशील रहेको सन्देश दिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.