'सचेत युवा समूह रतुवामाई–१० द्वारा हरियाली अभियान ।थारूपाेर्टल'

July 22, 2025

विज्ञापन
No data was found

साउन।६गते ।


मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं १० स्थित सचेत युवा समूहले “हरियाली अभियान” अन्तर्गत एक सराहनीय कार्यको थालनी गरेको छ। समूहले कार्की चोकदेखि पूर्वतर्फको १.२ किलोमिटर सडक किनारमा असारे जातका विभिन्न आठ रंगका फूल फुल्ने बिरुवाहरू रोप्ने अभियान सञ्चालन गरेको छ।

यस अभियानको उद्देश्य सडकको सौन्दर्यकरण गर्नुका साथै बाटो प्रयोग गर्ने सर्वसाधारण र स्थानीय बासिन्दालाई फोहोर फाल्न नदिने वातावरण सिर्जना गर्नु रहेको छ। अभियानका एक सक्रिय अभियन्ता  टिकाराम ढकालका अनुसार, यस अभियान अन्तर्गत करिब १,००० बिरुवा रोप्ने लक्ष्य रहेको छ।

युवा समूहको यस पहलकदमीले वातावरण संरक्षण तथा समुदायमा स्वच्छता र हरियालीप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।युवाहरूले विरूवा सँरक्षणकाे लागी बासकाे  घेरा र अाफै वनाइरहेकाे   ।विरूवा सनिवार जिल्ला वन कार्यलय माेरङका प्रमुख उत्सव थापा र पारूल क्षेत्रीकाे  अगुवाइमा विरूवा राेपिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.