साउन ६। गते
रबिन्द्र बराल

भोजपुर जरायोटार-४ बस्ने वर्ष ३६ का पर्शुराम बि.क. लाई कर्तव्य गरी वारदात पश्चात बिभिन्न स्थानमा लुकिछिपि बसी फरार रहेका शम्सेर बहादुर तामाङ लाई प्रहरीले पक्राउ गर्ने सफल भएकाे छ । केहि दिनदेखि गाँउघरमै आई लुकिछिपि बसिरहेको समयमा इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले निज लाई पक्राउ गरिएको हाे ।
पुनरावेदन अदालत धनकुटाले मिति २०६९ असार १७ गतेको फैसला बमोजिम २ बर्ष कैद सजाय ठहर भई फरार रहेका कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ । सम्मानित अदालतबाट असाेज ५ गते कैद भुक्तानको लागि प्रहरीले पक्राउ गरेर कारागार खाँदबारी संखुवासभामा पठाइएको सूचना समन्वय अधिकृत प्र.नि. राम कुमार लामिछाने ले बताए ।