साउन ।९ ।शुक्रबार
रबिन्द्र बराल

इलाका प्रहरी कार्यालय रंगेलीले ठुलाे सफलता हासिल गरेको छ । बिगत १ महिना अगाडि माेरङकाे विभिन्न स्थानहरुमा कृषकहरुका सिचाईका लागि जडान गरिएको ट्रान्सर्फमर चाेरी भएको घटना पछि प्रहरीकाे कडा सुरक्षाका कारण प्रहरी साेहि समुहको केही ब्यक्तिहरुलाई पक्राउ गर्ने सफल भएको छ ।

निरीक्षक नरेन्द्र बगोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति १२:३० बजे गस्तीका क्रममा रंगेली नगरपालिका ९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजना अन्तर्गतको ट्रान्सफर्मर नजिक शंकास्पद रूपमा दुई वटा मोटरसाइकलमा आएका चार जना व्यक्तिहरूले प्रहरी टोली देख्नासाथ भागेका छन ।
प्रहरीले एक जना लाई नियन्त्रणमा लिन सफल भएको छ। उनको साथबाट हेक्सो ब्लेड, सलाई रिन्च, गल्वस, पिलास, ह्यामर लगायतका औजार सहित उनिहरु चडेर आएका प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको छ ।
प्रहरीका अनुसार उनिहरुकाे सामग्री अनुसार चोरी वा तोडफोड प्रयोजनको लागि प्रयोग गरिन सक्ने आशंका गरिएको छ। उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। प्रहरीले साेहि दिन गस्ती गर्ने क्रममा गुराँस चोकबाट दोहमाना जाने सडक खण्डमा करिब १.५ किमी टाढा सडक छेउमा शंकास्पद रूपमा बसेका दुई जना व्यक्तिलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ।