साउन ।९।शुक्रबार
रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ मा २०४४ सालमा स्थापना भएको जनता क्यापस ३८ बर्ष बितिसक्दा समेत क्यापसले स्वारुप फेर्ने सकेको छैन ।
जनता क्याम्पस भन्दा पछाडि स्थापना भएको सुकुना क्यापस,पथरी बहुमुखी क्यापस ,उर्लाबारी क्यापसले निकै फडकाे मार्ने सफल भएको छ । तर रंगेली जनता क्यापस अहिले कछुवाकाे गतिमा रहेको र क्यापसकाे अस्तित्व नै मेटिने अवस्थामा पुगेकाे देखिन्छ ।
३८ बर्षमा देशमा धेरै परिवर्तन भए काङ्ग्रेस, एमाले र माओवादीले देशकाे बागडाेरकाे सत्ता चलाए तर रंगेली जनता क्यापसमा कुनै पनि राजनीतिक दलहरुले कुनै पक्षमा केही पहल गरेको पुर्व प्रचार्य लाेचन खतिवडाले बताए ।

माेरङक क्षेत्र नम्बर १ हुदा यहि क्षेत्र बाट स्वर्गीय नेपाली काङ्ग्रेसका गरिजा प्रसाद काेईरालले ३ पटक निर्वाचित भए त्यस पश्चात् आमाेद प्रसाद उपाध्य निर्वाचित भए माेरङ क्षेत्र नम्बर ५ भए पछि नेकपा मओवादीका शिव कुमार मंण्डल समेत बिजय भए तर उनलेे समेत जनता क्यापसलाई कुनै सहयोग गरेनन् ।अहिले स्वतन्त्र उमेदवार बाट याेगेन्द्र मंण्डल बिजय भए तर उनिपनि अहिले गुमनाम भएको देखिन्छ । जनता क्यापस रंगेलीमा नभएको भए आजकाे दिनमा समेत यस क्षेत्रका गरिवतथा अतिविपन्न घर परिवारका छाेरा,छाेरी तथा बुहारी हरुले उच्च शिक्षाकाे कल्पना समेत गर्ने सक्दैन थिए ।

पुर्व प्रचार्य लाेचन खतिवडाका अनुसार पन्चातकाल देखि नै रंगेलीले क्यापसलाई कुनै पनि सहयोग नगरेकाे र अहिले पनि नगरबाट कुनै पनि आर्थिक सहयोग नदिने गरेको उनलेे बताए ।गत बर्ष बिधार्थिहरुले आफुहरुले रकम तिर्न नस्कने भनेर आन्दोलन गरेपछि बिगत बर्षदेखि बिधार्थिहरुकाे शुल्क सहुलियत हाेस भनेर बर्षिक रुपमा ५लाख रुपैयाँ मात्रै दिने गरेको उनलेे बताए ।
जनता क्याम्पस रङ्गेली दक्षिण पूर्वी मोरङका लागि नमुना क्याम्पस सरह रहेको अवस्थामा रहेको समेत खतिवडाले बताए । २०४४ सालमा स्थापना भएको जनता क्याम्पस रङ्गेली सामुदायिक रूपमा सञ्चालित छ । एकान्त, स्वच्छ शैक्षिक वातावरण र अनुभवी, ख्यातिप्राप्त प्राध्यापकहरुद्वारा पठनपान समेत भईरहेकाे छ ।
क्याम्पसका प्राचार्य सुरेन्द्र बस्नेतका अनुसार आफुहरुले गर्ने सक्दाे काम गरिरहेकाे भएता पनि स्थानीय हरुकाे जब सम्म पुर्णरुपमा सहभागीता हुदैन तब सम्म क्याम्पस अगाडि बडन नसक्ने उनलेे बताए । रंगेलीका मेयर दिलिप बगडियाका अनुसार नगरले सक्दाे सहयोग गरिरहेकाे र आगामी दिनहरुमा समेत सहयोग गर्ने प्रतिव्यता समेत गरेका छन ।
२०६१ सालमा सालिनी अग्रवालले नेपाल प्रथम भई ऐर्श्वय पदकसमेत तत्कालीन रानी ऐश्र्वयको हातबाट पुरस्कार समेत ग्रहण गरिएको थियोे । साेहि समस्य देखि जनता क्याम्पस अगाडि बडन सुरु समेत गरेको भएता पनि पछिल्लो समयमा आएर क्याम्पसमा स्थानीय ,प्रदेश र केन्द्रमा रहेका व्यक्तिहरुकाे बेवास्ताका कारण क्याम्पस ओझेलमा पर्ने अवस्थामा रहेको प्राचार्य बस्नेतले बताए ।