असार १३ मंगलबार
रबिन्द्र बराल

माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित गोविन्दपुर नजिकैकाे लेटिगाउँमा बर्षेदेखि एैलानी जग्गामा बसाेवास गर्दे आईरहेका देव कुमार साह हलुवाई अहिले आफ्नो ७ परिवारलाई सुरक्षीत राख्न समेत सकिरहेका छैनन् ।
उनकाे घरकाे आर्थिक अवस्था अत्यधिक नाजुक भएपछि बर्षेा दिन देखि घरकाे चुईने छानाे समेत टाल्न सकेका छैनन् । घरमा टाटिकाे रुपमा त्रिपालकाे सहारा र केही मात्रामा टिनकाे छानाे भएको घरमा उनकाे वास रहेको छ । एउटामात्र सानाे काेठा जस्तो देखिने र आँगनमा खुल्ला आकास मुनि रात बिताउन बाध्य रहेका छन । उनकाे घरमा सुत्नकालागी चार बटा वाँस गाडेर टाटि बनाएर साेहि माथि आफ्नो ७ परिवार रात बिताउन बाध्य रहेका छन ।

प्रदेश सरकार र स्थानीय सरकारकाे पहलमा साे गाउँमा बसाेवास गर्दे आईरहेका दलित समुदाय हरुलाई दलित आवास निर्माणकार्य गराएर र मुस्लिम समुदायको समेत मुस्लिम संस्थालेहरुले सुरक्षित आवासकाे निर्माण गरेर बसिरहेका छन । तर उनि नत दलितै परे नत मुस्लिम नै उनीकेवल साह हलुवाई भएकै कारण उनी अहिले कुनै संस्थाकाे नजरमा पर्ने सकेका छैनन् । उनकाे घरमा श्रीमती सीता साह, जेठा छाेरा राम कुमार साह , छाेरी गिता साह सुस्त मन्सिथिति रहेको हुनाले समेत उक्त परिवारलाई आफ्नो परिवार पालनपोषण गर्ने निकै समस्या रहेकाे छ ।

निजकाे छाेरी मंगली साह ,लक्ष्मी साह र पार्वती साह सहित ७परिवार साेहिघरमा बसाेवास गर्दे आईरहेका छन । उनिहरुकाे हातमा किताब र कापी लिएर बिधालय जाने समय भएता पनि घरकाे आर्थिक अवस्थाका कारण दिन भरिनै घरमा बसेर दिन विताउने गर्दछन । उक्त परिवारकाे शरिरमा एक जाेर लुगा मात्रै रहनु र दुई छाक हातमुख जाेडन समेत धैाधैा परिरहेको अवस्था रहेको छ । उनको गाउँमा सबैकाे घरमा राति झिलिमिलि बत्ती बल्छ तर उनकाे घरमा मट्टीतेल बाट कुप्पि बालेर रात बिताउने गरेकाे देवकुमार ले बताए ।

चुनावकाे समयमा नेताहरुले तिम्राे घर बनाईदिने भनेर भाेट मागेता पनि चुनाव जितेर गएपछि अहिलेसम्म फर्केर नआएकाे उनलेे दुखेसो पाेखेका छान । देवकुमार साह अतिविपन्न परिवार रहेको र निजलाई आर्थिक सहयोग गरिदिनका लागि बडा नम्बर ५ का बडा अध्यक्ष साेमानाथ कार्कीले ०८१ चैत्र ३ गते एउटा सिफारिस दिएका थिए । उक्त सिफारिसमा देव कुमार साह हलुवाईको छोरी गिता कुमारी साह हलुवाई सुस्त मनस्थिती भएको र विरामी भई स्वास्थ उपचार गरी रहेकोमा परिवारको दैनिक गाँस, बास ‘र कपास समेत व्यवस्था गर्न कठिनाई परी रहेको हुनाले विपन्न परिवारकाे घरको आर्थिक अवस्था न्यून, कम्जोर, गरीब रहेकाले दैनिक गुजराको खर्च तथा उपचार खर्च समेत भर्न नसकी रहेको हुदा स्वास्थ उपचारका लागि आर्थिक सहयोग गरी दिनु हुन सिफारिस गरिएको अनुरोध समेत गरेर पत्र उल्लेख समेत दिएका थिए ।
उनको घरमा नत राम्रो ओछ्यान नत सुत्नका लागि खाटै छ । घरकाे अवस्था नाजुक भएकै कारण राति छाेरा छाेरीहरुकाे रेखदेखका लागि बुवा आमा समेत रात भरि नसुतीकन बस्ने गरेको र छाेरा छाेरीहरुकाे समेत हरुकाे हेर्चाह गर्ने र आफू नसुतिकन रात बिताउन बाध्य रहेकाे सीता देविले बताईन ।