'गस्तीको क्रममा बाटोमा भेटियाे ४ सय लिटर अवैध घरेलु मदिरा ।थारू पाेर्टल'

August 4, 2025

विज्ञापन
No data was found

 साउन, १९,कानेपाेखरी।

मोरङको कानेपोखरी–४  पिङडाँडाबाट दक्षिण तर्फ लाने तयारी गरिरहेको बेला रमाइलाे प्रहरी चाैकीकाे टाेली गस्ती गर्दै जादा  बाटाेमा एकै ठाउमा थुपारेर राखेकाे घरेलु मदिरा लगभग ४ सय लिटर पाखनवेद सहित नियन्त्रण लिइ साउन १८गते आइतबार नष्ट गरेको हो ।

गाउँबाट खुद्रा जम्मा गरी एक मुष्ट दक्षिण तर्फ बेचबिखनको लागि लाने तयारी रहेको मदिरा प्रहरी पुग्दा त्यहाँ कोही नभएकोले सबै मदिरा रमाइलो प्रहरी चौकीमा ल्याई जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको रमाइलो प्रहरी चौकीका सई निलमनी पोख्रेलले बताउनु भयाे ।

कानेपोखरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष खडग बस्नेत   र रमाइलो प्रहरी चौकीका प्रमुख सई निलमनी पोख्रेल, कानेपोखरी गाउँपालिका नगर प्रहरी प्रमुख युबराज भुजेल, कानेपोखरी ब्यापार संघका सदस्य नेत्र थापा, कानेपोखरी प्रहरी चौकीका प्रमुख राजेश श्रेष्ठ, स्थानीय बुद्धिजीवी तथा पत्रकाहरुको उपस्थितमा खाल्डो खनी घोप्टाएर नष्ट गरिएको थियो ।यो घटनाले देखाउँछ कि स्थानीय प्रशासन र प्रहरी संयन्त्रले अवैध मदिरा नियन्त्रणमा कडाइ गर्दै आएका छन्। यसले सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा अवैध कारोवारविरुद्धको प्रतिबद्धता झल्काउँछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.