'भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल'

August 27, 2025

विज्ञापन
No data was found

भदाै।११।कानेपाेखरी

थारु समुदाय तथा मधेसीले मनाउने जितिया पर्व यस वर्ष भाद्र ३० गते परेको छ। पर्वलाई लक्षित गर्दै थारु गायक–गायिकाबीच नयाँ गीत निकाल्ने होडबाजी सुरु भएको छ। थारु भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सुनसरीका कलाकारहरूले पनि यस वर्ष ‘ऐलै जितिया’ बोलको गीत सार्वजनिक गर्ने भएका छन्।

गीतमा शब्द–संगीत सुनिल चौधरीको रहेको छ भने स्वर अनुमा चौधरी र आन्जना चौधरीले दिएका छन्। म्युजिक भिडियो शुभ मुहूर्त भाद्र १३ गते शुक्रबार गरिने भएको छ। दुई दिन लगाएर छायांकन सम्पन्न गर्ने निर्माण पक्षले जनाएको छ। गीतको निर्देशन शिव चौधरीले गर्नेछन् भने आपन क्रिएटिभ फिल्म युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

गीतको निर्माणमा रामधुनी नगरपालिका–१ वडा कार्यालय, थारु पौराणिक जगेर्ना समूह डुमरिया लगायत विभिन्न संघ–संस्थाले सहयोग गरेका छन्। सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै संगीतकार तथा गायक सुनिल चौधरीले विगतजस्तै निरन्तर साथ–सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.