'माेरङकाे कानेपोखरीमा ४१ विपन्न परिवारलाई सुरक्षित आवास हस्तान्तरण ।थारू पाेर्टल'

August 30, 2025

विज्ञापन
No data was found

 भाद्र। १४। कानेपोखरी |

विद्यान्रद चाैधरी


मोरङको कानेपोखरी गाउँपालिका–१ झर्ना घुटु र ३ का  काेल टाेलका अति विपन्न, भूमिहीन तथा सुकुम्बासी नागरिकलाई शनिबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ।

गाउँपालिकाले सहारा नेपाल र हेवीटेण्ट नेपालको साझेदारीमा निर्माण गरेका ४१ वटा घरमध्ये वडा नं. ३ को कोल टोलमा ३० र वडा नं. १ को झर्नाघुट्टुमा ११ वटा आवास हस्तान्तरण गरिएको हो। बाँसलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी सिमेन्ट र वालुवाको प्रयोगसहित किचन र शौचालयसहित दुई कोठे भूकम्प प्रतिरोधी पक्की घर निर्माण गरिएको कार्यक्रम संयोजक भीम प्रसाद भेटवालले जानकारी दिनुभयो।

समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ–२ का सांसद ऋषिकेश पोखरेलले संविधानको भावना अनुरूप विपन्नका लागि सुरक्षित आवास उपलब्ध गराइरहेको कानेपोखरी गाउँपालिकाको पहल प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस कार्यक्रमलाई निरन्तरता दिन संघीय तहबाट पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सो अवसरमा प्रदेश सांसद लिला वल्लभ अधिकारीले कानेपोखरी क्षेत्रमा सडक विस्तार, बिजुली, खानेपानीलगायत आधारभूत पूर्वाधारका समस्या समाधान गर्दै डाँसखोला र चिसाङ खोलामा तटबन्धन तत्काल आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बाढीले वर्षेनी समस्या ल्याउने भएकाले प्रदेश र संघीय सरकारलाई तटबन्धनका लागि पहल गर्न आग्रह गर्नुभयो।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सहारा नेपाल र हेवीटेण्ट नेपालका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।उक्त कार्यक्रम कानेपाेखरी गाउँपालिका प्रशासन शाखा प्रमुख मचिन्द्र थलङकाे सँचालन रहेकाे थियाे भने उपाध्यक्ष भोलाप्रसाद अधिकारी,काे स्वागत मन्तव्य रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.