'प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय : संसद् विघटन, राष्ट्रपतिबाट सदर ।थारू पाेर्टल'

September 13, 2025

विज्ञापन
No data was found

भदाै ।२८।

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट ऐतिहासिक निर्णय गर्दै संसद् विघटनको सिफारिस गरेकी छन्।

शीतलनिवासमै बसेको बैठकमा कार्कीले जेनजीले उठाएको संसद् विघटनको माग सम्बोधन गर्ने निर्णय गरिन्। प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपति कार्यालयले तत्काल निर्णय सदर गर्दै संसद् विघटनको घोषणा गरेको छ।

प्रधानमन्त्री कार्कीले भनिन्, “भरखरै सरकार गठन भएको हो। अब भोलि–पर्सि बसेर सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार गर्नेछौं। ३–४ दिनको मेहनतपछि हामीले चाहेको जस्तै परिणाम आएको छ।”

यससँगै देश अब आगामी निर्वाचनको तयारीतर्फ उन्मुख भएको छ भने नयाँ सरकार गठनको प्रक्रिया पनि चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.