कानेपाेखरी।असाेज।२

जनसेवा माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको अवसरमा SLC २०६७ ब्याचका तर्फबाट विद्यालयको मूल अक्षयकोषमा रु. १,२५,०००/- (एक लाख पच्चीस हजार) रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त कोषको ब्याजबाट हरेक पाँच वर्षमा २०६७ ब्याचका प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक विद्युतीय सामग्री खरिद गरी विद्यालयलाई प्रदान गरिने सहमति भएको छ।

यस सम्बन्धी सम्झौता विद्यालयका प्रधानाध्यापक प्रमोद निरौला र २०६७ ब्याचका प्रतिनिधि लोकमणि तामाङ तथा रमेश बूढाथोकीबीच जनसेवा एलुम्नाई एसोसिएसनका अध्यक्ष राजकुमार बरालको रोहबरमा सम्पन्न भएको हो।

विद्यालयले यस उदाहरणीय योगदानका लागि २०६७ ब्याचका सम्पूर्ण विद्यार्थीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा व्यक्त गरेको छ।