'मोरङका एसपी चिमोरियाको काठमाडौँ सरुवा, नयाँ एसपीमा कवित कटुवाल ।थारू पाेर्टल'

September 18, 2025

विज्ञापन
No data was found

मोरङ, असोज २ – नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भदौ ३१ गतेको निर्णयअनुसार लागू भएको छ।

उक्त निर्णयअनुसार मोरङका एसपी नारायण प्रसाद चिमोरियाको काठमाडौँ सरुवा गरिएको छ। चिमोरियाको स्थानमा एसपी कवित कटुवाल मोरङमा जिम्मेवारी सम्हाल्न आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार नियमित मानवस्रोत व्यवस्थापन र संगठनको आवश्यकता अनुसार देशभरका विभिन्न जिल्लाका एसपीहरूलाई सरुवा गरिएको हो।

मोरङमा अब नयाँ एसपी कटुवालले सुरक्षा व्यवस्थाको नेतृत्व गर्नेछन् भने पूर्वतर्फको प्रमुख जिल्लामा प्रहरी प्रशासनको काममा निरन्तरता दिने तयारी गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.