असोज ।३,कानेपाेखरी
विद्यान्नद चाैधरी

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कानेपोखरी गाउँपालिकामा करिब ५ करोड १ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। गाउँपालिकाले बिहीबार आयोजित सार्वजनिक कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले प्रस्तुत प्रारम्भिक प्रतिवेदनअनुसार ३ करोड ६१ लाखभन्दा बढी मूल्यका फर्निचर र इलेक्ट्रोनिक्स सामग्री, ३३ लाखभन्दा बढीका कार्यालय सामग्री, १४ लाख बराबरका औषधि तथा सर्जिकल सामग्री जलेर नष्ट भएका छन्।

वडा नं. २, ३, ५, ६ र ७ का कार्यालय भवनसहित विभिन्न संरचनामा ९२ लाख २४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। गाउँपालिकाका दुई गाडी, एक शववाहन र सूचना एम्बुलेन्स पनि जलेका छन्।

सर्वदलीय भेलामा सबै दलका प्रतिनिधिले आगजनीमा संलग्नलाई छिटो कारबाही गर्न माग गर्दै आफ्नो पार्टीका दोषी देखिए तत्काल कारबाही गर्ने प्रतिवद्धता जनाए।