'रमाइलो जनएकता सहकारी संस्था सुरक्षित रहेकाे  ।थारू पाेर्टल'

September 23, 2025

विज्ञापन
No data was found

असोज ७, कानेपाेखरी 

 

कानेपाेखरीमा रहेकाे  रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय अवस्था सुदृढ रहेको जनाएको छ । संस्थाको सोमबार बसेको समितिको बैठकले एक विज्ञप्ती प्रकाशन गर्दै विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ती प्रकाशन गरेको हो ।

संस्थाका अध्यक्ष त्रिभुवन फुयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्था संघीय सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, प्रदेश सहकारी ऐन २०७६ लगायत राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना गर्दै पारदर्शी र नियमसम्मत रुपमा सञ्चालित रहेको जनाईएको छ ।

May be an image of map, ticket stub and text

संस्थामा हाल महिला र पुरुष गरेर ९४३५ सदस्यहरु आवद्ध छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब १३ करोड ३२ लाख २० हजार २७३ रुपैयाँ रहेको छ । त्यसैगरी, तरलता ३५ करोड ४७ लाख रूपैयाँ (कुल बचतको ३६.०५ प्रतिशत) रहेको छ भने ऋण लगानी ७३ करोड ९६ लाख रुपैयाँ छ । बचतमा ७८ करोड ७२ लाख रुपैयाँ रहेको र संस्थाको तिर्न सक्ने क्षमता कुल बचतको ११० प्रतिशत हुनुपर्नेमा हाल ११३ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

संस्थाको अन्य कोषमा १ करोड ६८ लाख रुपैयाँ, ऋण सुरक्षा कोषमा ८ करोड ४६ लाख रुपैयाँ र संस्थागत पुँजी १० करोड ४ लाख रुपैयाँ रहेको जनाइएको छ । संस्थाले ऋण वर्गीकरणको मापदण्ड पनि स्पष्ट पारेको छ ।

 

३ महिनासम्म भाखा नाघेको ऋणलाई कमसल, ३ देखि ६ महिनासम्मलाई शंकास्पद, ६ महिनादेखि १ वर्षसम्मलाई खराब र १ वर्षभन्दा बढी भाखा नाघेको ऋणलाई खराब ऋणमा वर्गीकरण गर्ने व्यवस्था रहेको बताइएको छ । संस्थाले ऋण सुरक्षा व्यवस्था सुदृढ रहेको र निरन्तर रुपमा ऋण असुलीका लागि लागिरहेको जनाएको छ ।

भाखा नाघेका ऋणीहरुलाई सम्पर्कमा आउन र सहयोग गर्न संस्थाले अनुरोध समेत गरेको छ । यसैबीच यसअघि प्रकाशित समाचारमा भने सहकारीले ३ करोड ७४ लाख २४ हजार रुपैयाँ शङ्कास्पद लगानी गरेको उल्लेख छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो भेटेका थिए । कार्यालयका अनुसार सहकारीको भाका नाघेको ऋण ३३ करोड बढी छ । यो रकम कुल ऋण लगानीको ४५.१३ प्रतिशत हो । मापदण्ड अनुसार यस्तो ऋण बढीमा ५ प्रतिशत मात्र हुनुपर्छ ।

यस्तै ३ करोड ४८ लाख ३६ हजार कमसल ऋण लगानी गरेको सहकारीमा खराब ऋण मात्रै २० करोड ९६ लाख ८२ हजार रुपैयाँ अर्थात् २८.३५ प्रतिशत छ । अनुगमन टोलीले उक्त सहकारीलाई यथाशीघ्र भाका नाघेको ऋणको सावाँ ब्याज उठाउन प्रभावकारी कार्ययोजना १५ दिनभित्र बनाई पेस गर्ने तथा सो अनुरुप तुरुन्त असुल उपर गर्न निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.